सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १६:५६ 
  • काठमाडौँ, २० पुस । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ । 

    भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ । 

    भेटमा समुदायले बुझाउनुभएका दुई छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने जोकोहीलाई सरकार र गृह प्रशासन तुरुन्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताउनुभयो । मन्त्री अर्यालले प्रदेश र जिल्ला तहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । 

    शान्तिसुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउनुहुँदै गृहमन्त्री अर्यालले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेल्ने रहनेमा जोड दिनुभयो । 

    “कानुन हात लिएर कसैले कुनै शक्ति र समूहमा आबद्धता भएकै नाममा गैरकानुनी कार्य गर्छ भने त्यसलाई सरकारले आवश्यक कारबाहीको दायरामा ल्याइनेछ”, मन्त्री अर्यालले भन्नुभयो । 

    भेटका राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुसिद आलम र ताज मोहमद मियाँ, जमियाद उलमाह नेपालका तर्फबाट प्रतिनिधिबाट राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटीका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ र मोहम्मद फलाउ उल्लाह र सङ्घीय लोकतान्त्रिक गठबन्धनकोतर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारीलगायतका प्रतिनिधिले समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी फागुन २१ गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिनसक्ने वातावरणतर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभएको थियो ।

    पालिका प्रतिनिधिसँग भेट 

    आजै गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका प्रमुखसहितको एक टोलीले आज गृहमन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको छ ।  

    सेवाग्राहीको पहुँच, स्थानीय प्रशासनिक सेवा उपलब्ध गराउने राज्यको दायित्वका आधारमा नगरपालिकाले त्यहाँको वडा नं ३, ठाडामामा इलाका प्रशासन कार्यालय स्थापना गरिदिने मागसहितको निवेदन आज गृहमन्त्री अर्यालसमक्ष पालिका प्रमुखसहितको टोलीले पेस गरेको हो ।    

    नगर प्रमुख छविलाल पौडेलसहितको टोलीले नेपालकै ठूलो क्षेत्रफल भएको स्थानीय तहका रुपमा रहेको शीतगङ्गा नगरपालिकाको भूगोल, सेवा क्षेत्र, जनसङ्ख्याको वितरण, प्रशासनिक पहुँच, दूरी, सेवाग्राहीको आवागमनमा पर्ने आर्थिक तथा सामाजिक भार, स्थानीय शान्तिसुरक्षा, नागरिकता र पासपोर्ट जस्ता प्रत्यक्ष प्रशासनिक सेवालाई पहुँचयोग्य बनाउन त्यस ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अत्यन्त आवश्यक रहेको जनाइएको छ । यस पालिकामा १४ वटा वडाहरु रहेका छन् । 

    मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.