सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीमा थपियो मतदाता, बढाइयो पाँच मतदान केन्द्र


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १२:४० 
  • दशरथचन्द (बैतडी), २० पुस । बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् । यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

    त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गत निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेकामा अब भने दुई सय १४ मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उहाँले बताउनुभयो ।

    गएको निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि दुई सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उहाँले बताउनुभयो ।

    जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलनको काम गरिहेको छ । स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताउनुभयो ।

    जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.