सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १३:१८ 
  • काठमाडौँ, २१ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि नहुने उहाँको भनाइ थियो ।

    नीति रिसर्च प्रालिद्वारा आज यहाँ आयोजित ‘स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रियामा मन्त्री सिन्हाले महिला उद्यमीलाई उद्योग तथा व्यवसाय क्षेत्रमा प्रेरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले महिलाको उद्यमशीलता विकासले समग्र अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गर्नुभयो । 

    “असफलता नै सफलतातर्फको पहिलो पाइला हो, महिलाले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने बहस अब समाप्त भइसक्यो,” मन्त्री सिन्हाले भन्नुभयो, “अब महिलाहरू काम गरिरहेका छन्, उद्यम गरिरहेका छन् भन्ने यथार्थ स्थापित गर्न आवश्यक छ । त्यसका लागि महिला उद्यमीलाई माथि उकास्न राज्य, निजी क्षेत्र र समाज सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।”

    मन्त्री सिन्हाले देशका विभिन्न स्थानमा महिलाले ठूला व्यापार तथा उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका उदाहरणहरू रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । महिला उद्यमीलाई आवश्यक सीप, लगानी, बजार र नीतिगत सहजीकरण प्रदान गर्न सके आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

    “महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलाई सरकारले प्राथमिकताका साथ सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महिला उद्यमी सशक्त भए घर परिवार सशक्त हुन्छ, परिवार सशक्त भए समाज र राष्ट्र सशक्त हुन्छ । त्यसैले महिलालाई सशक्त बनाउनु सरकारको दायित्व हो ।”

    कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअप क्षेत्रमा महिलाले भोग्दै आएका चुनौती, अवसर तथा आगामी रणनीतिका विषयमा धारणा राख्नुभएको थियो । उहाँहरूले वित्तीय पहुँचको अभाव, सामाजिक सोच, सीप विकास र बजार पहुँचजस्ता चुनौतीहरू समाधान गर्न समन्वित पहल आवश्यक रहेको औँल्याउनु भएको थियो ।

    त्यस अवसरमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई उमेशकुमार गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै महिला उद्यमशीलताको वर्तमान अवस्था, नीति संरचना र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत जानकारी गराउनुभएको थियो । 

    नीति रिसर्च प्रालिका निर्देशक वासुदेव न्यौपानेले महिला केन्द्रित स्टार्टअपलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन नीति, प्रविधि र संस्थागत सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताको प्रवद्र्धनका लागि ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.