सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १६:५४ 
  • ताप्लेजुङ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताउनुभएको छ । 

    प्रेस चौतारी ताप्लेजुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुनेरनहुने र पार्टी सहभागी हुनेरनहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिनुभयो ।

    निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उहाँले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल घटेको, हजारौँ कैदीबन्दी फरार रहेका र हतियार लुटिएका विषयमा पार्टीले गम्भीर चासो व्यक्त गरेको उपमहासचिव भट्टराईको भनाइ छ । सरकारले यी विषयमा संवेदनशील रहेको प्रतिक्रिया दिएपछि नेकपा एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको उहाँले बताउनुभयो । 

    यो निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न हुनुका साथै लोकतन्त्र तथा संविधानको पुनःस्थापनाका लागि निर्णायक हुने उपमहासचिव भट्टराईले धारणा राख्नुभयो । उहाँले लोकतन्त्रलाई जोगाउनु अहिलेको प्रमुख चुनौती भएकाले सबै राजनीतिक दलबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

    अन्तरराष्ट्रिय परिवेशमा हालै मात्र भेनेजुयला, युक्रेन, पूर्वी एसिया, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा देखिएको तनावको असर नेपालमा पनि पर्न सक्ने भन्दै उहाँले राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभयो । 

    गत भदौ २३ गते सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ताको माग गर्दै भएको नवयुवा आन्दोलनका माग जायज रहेका भन्दै उपमहासचिव भट्टराईले यसमा एमालेको कुनै विपत्ति नरहेको स्पष्ट पार्नुभयो ।

    यसैबीच, ताप्लेजुङको जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भट्टराईले पार्टीले सर्वसम्मत रूपमा एक जना उम्मेदवार चयन गर्ने र जो उम्मेदवार भए पनि एमालेको जीत सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    शनिबार बसेको एमाले ताप्लेजुङको बैठकले योगेशकुमार भट्टराई, तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझासहित पाँच जनाको नाम सिफारिस गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.