सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार १२:०८ 
  • दमौली (तनहुँ), २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
    जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिनुभयो ।

    दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख ३६ हजार एक सय १८ र क्षेत्र नम्बर २ तर्फ एक लाख १८ हजार दुई सय ७९ मतदात कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

    क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ ।उहाँका अनुसार व्यास नगरपालिकामा ५१ हजार तीन सय छ, भानु नगरपालिकामा ४२ हजार एक सय चार, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय पाँच, भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता रहेका छन् ।

    यस्तै आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार दुई, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय छ मतदाता रहेको लम्सालले बताउनुभयो ।

    जिल्लामा तीन सय नौ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी लम्सालले बताउनुभयो । ऋषिङ गाउँपालिका–४ र ६ मा एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप भएको छ ।

    निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थप भएको कार्यालयले जनाएको छ । निर्वाचनका लागि कार्यालयको आन्तरिक काम तीव्र गतिमा अगाडि बढेको लम्सालले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.