सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का : राष्ट्रसङ्घ महासचिव 


  •    /२८ बैशाख २०७६, शनिबार १८:०३ 
  • जेनेभा, नेदरल्याण्ड (रासस/सिन्ह्वा)
    अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ ।

    व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भन्नुभयो, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना गर्ने हाम्रा प्रयासहरूमा अर्थपूर्ण अवरोधहरू देखिएका छन् ।”

    उहाँले भन्नुभयो, “विश्वव्यापीकरणले कुनै पनि राज्य, व्यवसाय तथा जनतालाई पहिलेभन्दा पनि बढी एक आपसमा आश्रित बनाएको छ र यसले व्यापक विकास र आर्थिक वृद्धिका अवसरहरूको सिर्जना गरेको छ ।”

    “तर विश्वव्यापीकरणले जनताको त्रास र चिन्तामासमेत इन्धन थपिदिएको छ र बहुपक्षक्षीय व्यापारका लागि सार्थक सहयोगलाई गम्भीररूपमा कमजोर बनाएको छ,” गुटेर्रेसले भन्नुभयो ।

    “विगत केही समय (एक बर्ष) मा विश्वव्यापी व्यापारमा देखिएको तनावले गर्दा अन्तर्राष्ट्रिय आर्थिक वृद्धिलाई खतरातर्फ धकेलिदिएको छ,” राष्ट्रसङ्घका महासचिवले भन्नुभयो । “यि व्यापार तनावहरू दिगो विकासका लागि आवश्यक विश्वव्यापी सहकार्यको महत्वपूर्ण प्रयासमा अवरोधका रूपमा देखिएको छन् ।”

    डब्लुटिओ सदस्य राष्ट्रहरूको बहुपक्षीय व्यापार प्रणालीका आधारहरूलाई मजबुत तथा अद्यावधिक गर्न जरूरी रहेको र यसका लागि डब्लुटिओको सुधार प्रयासहरू दिगो विकास लक्ष्यमा आधारित बनी अघि बढ्नु जरूरी छ ।

    गुटेर्रेसले भन्नुभयो, “डब्लुटिओकोे सुधार अर्थपूर्ण, न्यायिक, वैधानिक तथा दिगो हुनुपर्छ जसका कारण विश्व व्यापारमा देखिएका चुनौतिलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न सकियोस् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.