सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन


  •    /१६ बैशाख २०७६, सोमबार १४:५४ 
  • दुबई :
     इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ ।
    “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब निम्तिने छ ।” कोषले साउदी अरेबियापछि दोस्रो ठूलो अर्थतन्त्र रहेको इरानको अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । इरानको अर्थतन्त्रमा सन् २०१८ मै ३.९ प्रतिशतले कमी आएको थियो ।
    संयुक्तराज्य अमेरिकाले गत वर्षदेखि इरानी आणविक कार्यक्रमलाई लिएर प्रतिबन्धहरु घोषणा गरेको थियो । कोषका मध्यपूर्व तथा मध्य एसियाका निर्देशक जिहाद आजूरले इरानी तेल उद्योगलाई लक्षित गरी गत साता अमेरिकाले गरेको प्रतिबन्धका घोषणाले परिस्थितिलाई अझ जटिल बनाउने बताउनुभयो ।
    उहाँले प्रतिबन्धकै कारण इरानमा मुद्रास्फिती करिब ५० प्रतिशत वृद्धि भइसकेको जानकारी दिनुभयो । समग्रमा क्षेत्रीय आर्थिक वृद्धि सन् २०१८ को तुलनामा यस वर्ष १.३ प्रतिशत मात्र हुने अपेक्षा गरिएको छ । यस्तो वृद्धि सन् २०१८ मा १.४ प्रतिशत थियो । सन् २०१९ मा तेल निर्यात शून्य दशमलब ४ प्रतिशत हुँदैछ । कोषले आर्थिक वृद्धि न्यून हुनुमा तेल निर्यातमा समस्याका अलावा बढ्दो द्वन्द्व, भ्रष्टाचार, सुधारमा सुस्तता, ऋणको बढ्दो भार तथा तेलको मूल्यमा हुने घटबढ रहेका छन् । “सामाजिक तनाब बढ्दो छ, बृद्धिदर न्यून छ र सुधारका पक्षमा ज्यादै कम मात्र काम भएका छन्,” कोषले भनेको छ । (रासस/एएफपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.