सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन


  •    /१६ बैशाख २०७६, सोमबार १४:५४ 
  • दुबई :
     इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ ।
    “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब निम्तिने छ ।” कोषले साउदी अरेबियापछि दोस्रो ठूलो अर्थतन्त्र रहेको इरानको अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । इरानको अर्थतन्त्रमा सन् २०१८ मै ३.९ प्रतिशतले कमी आएको थियो ।
    संयुक्तराज्य अमेरिकाले गत वर्षदेखि इरानी आणविक कार्यक्रमलाई लिएर प्रतिबन्धहरु घोषणा गरेको थियो । कोषका मध्यपूर्व तथा मध्य एसियाका निर्देशक जिहाद आजूरले इरानी तेल उद्योगलाई लक्षित गरी गत साता अमेरिकाले गरेको प्रतिबन्धका घोषणाले परिस्थितिलाई अझ जटिल बनाउने बताउनुभयो ।
    उहाँले प्रतिबन्धकै कारण इरानमा मुद्रास्फिती करिब ५० प्रतिशत वृद्धि भइसकेको जानकारी दिनुभयो । समग्रमा क्षेत्रीय आर्थिक वृद्धि सन् २०१८ को तुलनामा यस वर्ष १.३ प्रतिशत मात्र हुने अपेक्षा गरिएको छ । यस्तो वृद्धि सन् २०१८ मा १.४ प्रतिशत थियो । सन् २०१९ मा तेल निर्यात शून्य दशमलब ४ प्रतिशत हुँदैछ । कोषले आर्थिक वृद्धि न्यून हुनुमा तेल निर्यातमा समस्याका अलावा बढ्दो द्वन्द्व, भ्रष्टाचार, सुधारमा सुस्तता, ऋणको बढ्दो भार तथा तेलको मूल्यमा हुने घटबढ रहेका छन् । “सामाजिक तनाब बढ्दो छ, बृद्धिदर न्यून छ र सुधारका पक्षमा ज्यादै कम मात्र काम भएका छन्,” कोषले भनेको छ । (रासस/एएफपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.