सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण


  •    /२६ बैशाख २०७६, बिहीबार १५:१८ 
  • काबुल (रासस/एएफपी) । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

    अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले बम बिस्फोटबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिनुभयो । मारिनेमा पाँच जना अफगान सैनिक, काउन्टरपार्टका एक जना गार्ड तथा तीन सर्वसाधारण रहेका छन् ।

    बिस्फोटबाट काउन्टरपार्ट नजिकै कार्यालय रहेको अर्को गैरसरकारी संस्था केएरमा कार्यरत एक जना सवारी चालक, एक जना पहरेदार र एक जना प्राविधिक सल्लाहकार मारिएका थिए । केएरले अफगानिस्तानजस्ता द्वन्द्व प्रभावित मुलुकहरुमा मानवीय सहायताका कार्यहरु गर्न निकै खतरापूर्ण बन्दै गएको जनाएको छ ।

    उक्त आक्रमणबाट अरु २० जना सर्वसाधारण घाइते भएका छने । बिस्फोटपछि धेरै जना बन्दुकधारी तालिबानीहरु काउन्टपार्टको कार्यालयभित्र प्रवेश गरेका थिए । अफगान कमान्डोहरुले घेरा हाली प्रतिकारबाही गरेपछि सबै तालिबानीको मृत्यु भएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.