सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यापार वार्तामा अमेरिकासँग तीन विषयमा मुख्य असहमति : चीन


  •    /२८ बैशाख २०७६, शनिबार १८:०० 
  • बेइजिङ (रासस/एएफपी)
    अमेरिका–चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताउनुभएको छ ।

    वासिङ्टनमा दुई दिन लामो वार्तापछि वासिङ्टनमा शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले भन्नुभयो, “वार्ता भङ्ग भएको छैन । तर अमेरिकाले चिनियाँ सामानमाथि थप कर वृद्धि गर्ने घोषणाले दुई देशबीच सामान्य तर फरक मोड निम्त्याएको अवस्था हो । दुई देशबीचको वार्ता अपरिहार्य छ ।”

    उहाँले अर्को वार्ता मितिबारे उल्लेख नगरिकन भन्नुभयो, “दुवै पक्षले फेरि बेइजिङमा भेट गर्ने र वार्तालाई अघि बढाउने कुरामा सहमति भएको छ ।”

    संयुक्त राज्य अमेरिका र चीनले दुबैतर्फ गरी गत बर्षदेखि करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन् । यसबाट अमेरिकी कृषिजन्य सामानहरूको चीन निर्यात ठूलो पैमानामा घटेको छ भने चीनबाट अमेरिका पुग्ने सामानमा पनि उल्लेख्य कमी आएको छ ।

    व्यापार विवादका कारण दुवै देशको विनिर्माण क्षेत्रका सामानमा भएको मूल्य वृद्धिका कारण विश्वका दुई ठूला अर्थतन्त्रका साथै विश्व बजारमा पनि यसको प्रभाव परिरहेको छ ।
    यद्यपि लिउले दुई दिन लामो पछिल्लो वार्ता ‘लाभदायी’ भएको बताउनुभएको छ

    उहाँले भन्नुभयो, “हामीले धेरै कुरामा सहमति जुटाएका छौँ । प्रष्ट भन्नुपर्दा केही क्षेत्रमा मतभिन्नता देखिएको छ । र हामीलाई थाहा छ कि ती मतभिन्नताका बिषय भनेका ठूला सैद्धान्तिक चासोका कुरा हुन् ।”

    उहाँले भन्नुभयो, “पहिलो, चिनियाँ पक्षले सम्झौताका लागि दण्डजन्य सबै कर खारेज गरिनुपर्ने अडान राखेको छ जसमा अमेरिकाले सहमति जनाउन मानेको छैन । यद्यपि यो छलफलको क्रममा रहेको छ ।”

    “दोस्रो, चीनले आयात गर्ने अमेरिकी सामानको प्रारम्भिक तथ्याङ्कमा अर्जेन्टिनामा भएको व्यापार सम्झौताका लागि भएको घोषणामा नै चिनियाँ राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति बनेको थियो तर अन्त्यमा तथ्याङ्क के हो भन्नेमा दुवै पक्षबीच फरक फरक धारणा देखिएको छ । हामीलाई लाग्छ यो निकै गम्भीर कुरा हो र त्यो सजिलै परिवर्तन हुन सक्दैन ।”

    “तेस्रो कुरा सहमतिको बिषयहरू दुवै पक्षका लागि ‘सन्तुलित’ हुनुपर्छ किनकि कुनै पनि मुलुकले आफ्नो प्रतिष्ठा गुमाउन चाहन्न । मलाई लाग्छ यि सबै ठूला सैद्धान्तिक पक्षहरू हुन् । किनकि हरेक राष्ट्रका आ–आफ्ना हिसाबले महत्वपूर्ण एजेन्डा हुनसक्छन् । हाम्रो (चीनको) कुरा गर्दा हामीले सिद्धान्तका बिषयमा सम्झौता गर्न सक्दैनौँ ।”

    अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा दुई खर्ब अमेरिकी डलर बराबरको कर वृद्धि यस पहिले नै गरेको बताउनुभएको छ भने चीनले पनि बदलामा अमेरिकी सामानमाथिको करवृद्धि गरेको छ ।

    पछिल्लो हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी भन्सार अधिकारीलाई तीन खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । योसँगै चीनबाट अमेरिका जाने लगभग सम्पूर्ण सामानमा कर वृद्धि हुने चिनियाँ अधिकारीले बताएका छन् ।

    चीनले पनि बदलामा आवश्यक निर्णय लिने अमेरिकी घोषणाको केही मिनेट भित्रमानै जनाइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.