सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानमा चामलको मूल्यमा उच्च वृद्धि


  •    न्युजभित्तो/१० जेष्ठ २०८२, शुक्रबार १५:४२ 
  • टोकियो, ९ जेठ । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुद्रास्फीतिका कारण सम्भवतः बैंक अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना बलियो देखिएको छ ।

    आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्च महिनामा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २।९ प्रतिशत भएकोमा अप्रिलमा यो ३।० प्रतिशत कायम भएको छ । समग्र असन्तुलित मुद्रास्फीति मार्च र यो महिनामा समान ३।६ प्रतिशत रहेको छ । करिब तीन वर्षदेखि आन्तरिक मुद्रास्फीति जापानको केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ ।

    यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले केन्द्रीय बैंकलाई तत्कालका लागि आफ्नो वर्तमान अडानमा अडिग रहन प्रेरित गर्न सक्छ । बैंकले मे महिनाको सुरुमा आफ्नो अन्तिम बैठकमा आफ्नो मुख्य ब्याज दर स्थिर राखेको थियो तर कर वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततालाई बढावा दिइरहेको भन्दै बैंकले जापानको लागि आर्थिक वृद्धिको पूर्वानुमानलाई परिमार्जन गरेको छ।

    सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फिति देखिएको थियो । चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक टाउको दुखाइ बनेको छ । शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ ।

    मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ । सन् २०२३ मा अत्यधिक गर्मी मौसम (कम बर्षा र खडेरीका) का कारण खराब उत्पादन हुनु र गत वर्ष ‘महाभूकम्प’ को चेतावनीका कारण आत्तिएर किनमेल गर्नु पनि यो कमीको मुख्य कारण हो ।

    खपत बढ्नुमा पर्यटकको उच्च आगमनलाई पनि जिम्मेवार मानिएको छ भने केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान गरिएको छ ।
    यसै साता जापानका कृषिमन्त्री ताकु इटोले चामलको विषयमा भएको गडबडीका कारण जनआक्रोश उत्पन्न भएपछि राजीनामा दिनुभएको थियो ।

    उहाँले सप्ताहन्तमा एक सभामा भन्नुभयो, “मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।” इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भन्नुभयो, “म जापानी जनतासँग माफी माग्छु किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो ।”

    उहाँले भन्नुभयो, “चामलको मूल्य उच्च छ भन्ने कुरा एक पटकको घटना होइन तर संरचनात्मक घटना हो । मलाई लाग्छ, हामीले यस विषयमा गहन छलफल गर्नुपर्छ र ती (चामलको मूल्य) अवश्य पनि घट्नुपर्छ।” क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भन्नुभयो, “साप्ताहिक धानको मूल्यमा स्थिरताको सङ्केत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि फेरि नरम हुन थाल्नुपर्छ। उहाँले केन्द्रीय बैंकले यस वर्ष नीतिलाई थप कडा बनाउने अपेक्षा गरेको पनि बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.