सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो


  •    न्युजभित्तो/१३ जेष्ठ २०८२, सोमबार १५:५६ 
  • काठमाडौं, १२ जेठ । भारतमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। त्यहाँका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ।

    भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन्। त्यहाँ ४०३ जना सक्रिय संक्रमित छन्।

    यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन्। उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९–९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १–१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे धेरै चिन्ता लिनु नपर्ने बताएका छन्। महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिस मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड–१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताइएको छ।

    छिमेकी मुलुकमा संक्रमण फैलिरहेका बेला सीमावर्ती नेपाली गाउँ सहरमा पनि सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। उक्त संक्रमण कोरोना महामारीको सुरुआततिर जस्तो तीव्र रुपमा फैलन खालको नभए पनि बेलैमा सतर्कता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.