सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलको गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु


  •    न्युजभित्तो/३ जेष्ठ २०८२, शुक्रबार १२:१२ 
  • काठमाडौं, २ जेठ । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार (मे १५)मा गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ ।

    गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु भएको बताएका छन् ।

    शुक्रबार बिहानैदेखि गाजाको जबालिया, बेइत लाहिया र खान युनिस क्षेत्रमा भारी बमबारी जारी रहेको मिडिलइस्टआई अनलाइनले जनाएको छ ।

    बिहीबार एकै दिनमा १२७ जनाको मृत्यु भएपछि गाजामा आक्रमणमा मृत्यु हुनेको संख्या ५३ हजारभन्दा नाघेको छ ।

    गाजाको खान युनिसस्थित युरोपेली अस्पताल यो हप्ता भएको इजरायलको भारी बमबारीपछि पूर्णरूपमा बन्द भएको छ ।

    यो अस्पताल गाजामा क्यान्सर बिरामीहरूको लागि मात्र उपचार गर्ने एकमात्र केन्द्र थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.