सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प


  •    न्युजभित्तो/२ जेष्ठ २०८२, बिहीबार १५:४८ 
  • काठमाडौं, १ जेठ । अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न भारतले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । कतार भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले भारत सरकारले सबै अमेरिकी आयातमा भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

    हाल भारत र अमेरिकाबीच व्यापारिक सम्झौताका विषयमा छलफल चलिरहेको छ । यसबारे भारतीय पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

    उनले भने, ‘उनीहरु (भारत) ले हामीलाई खासगरी वास्तविक रुपमा कुनै भन्सार शुल्क नलाग्ने सम्झौताको प्रस्ताव गरेका छन् ।’ उनले एप्पल कम्पनीका सीईओले भारतमा कारखाना खोल्न लागेको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले थपे, ‘मैले भनेँ– टिम, हामीले तपाईँसँग राम्रो व्यवहार गरिरहेका छौँ, तपाईँले यस्ता कारखाना चीनमा बनाउनुभएको हामीले बुझेका छौँ । तपाईँले भारतमा ९कारखाना० बनाउने कुरा हामी वास्ता गर्दैनौँ । भारत आफ्नो ख्याल आफैँ राख्न सक्छ ।’

    गत अप्रिल महिनाको शुरुमा ट्रम्पले भारतीय सामानमा २७ प्रतिशत भन्सार शुल्क वृद्धिको घोषणा गरेका थिए । यद्यपि ९ जुलाईसम्म यो भन्सार शुल्क स्थगित गरिएको छ ।

    भारतले अमेरिकाबाट आयात हुने केही सामानमा भन्सार घटाउने घोषणा गरिसकेको छ । खासगरी, बोर्बोन ह्विस्की, मोटरसाइकल र अन्य अमेरिकी उत्पादनमा भारतले भन्सार शुल्क घटाएको छ ।

    अमेरिका र भारतबीचको व्यापारमा अमेरिकालाई ४५ अर्ब डलर बराबरको घाटा छ । ट्रम्प यसलाई घटाउन चाहन्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.