सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु


  •    न्युजभित्तो/२५ बैशाख २०८२, बिहीबार ११:३७ 
  • नयाँ दिल्ली, २५ वैशाख । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

    टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

    मौसम विभागले उत्तराखण्डको मौसमको बारे चेतावनी जारी गरेको छ । देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।

    गत सोमबार, मे ५ मा, बद्रीनाथ धाम क्षेत्रमा खराब मौसमका कारण, तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै गरेको हेलिकप्टर गोपेश्वर खेल मैदानमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । करिब पाँच मिनेट जमिनमा रहेपछि, हेलिकप्टर देहरादूनतिर प्रस्थान गरेको थियो ।

    दिउँसो २ बजेतिर, पिपलकोटी र चमोली बीचको मौसम खराब भएपछि बद्रीनाथको दर्शन गरेर देहरादुन जाँदै गरेका तीर्थयात्रीहरूलाई बोकेको हेलिकप्टरले गोपेश्वर प्रहरी मैदानमा आपत्कालीन अवतरण गर्ने प्रयास गर्यो, तर त्यहाँ पार्क गरिएको गाडीका कारण हेलिकप्टर खेल मैदानतिर आयो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.