सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनमा आइफोनको बिक्री एक चौथाइले घट्यो


  •    न्युजभित्तो/२३ फाल्गुन २०८०, बुधबार ११:३४ 
  • बेइजिङ, २३ फागुन । चीनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको आइफोन बिक्रीमा उच्च कमी आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा सन् २०२४ को पहिलो ६ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको बजार अनुसन्धानकर्ता संस्था काउन्टर प्वाइन्टले बताएको छ ।

    स्थानीय स्मार्टफोन निर्माता कम्पनीहरूबाट चीनमा एप्पलले कडा प्रतिस्पर्धाको सामना गरिरहेका बेला बिक्री घटेको हो । गएको वर्षको सोही अवधिमा १९ प्रतिशत रहेको बजार हिस्सा समीक्षा अवधिमा घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको छ । योसँगै चीनको स्मार्टफोन बजारमा दोस्रो स्थानबाट ओर्लिएर एप्पल चौथो स्थानमा समेटिएको छ । चीनमा बिक्री घट्न थालेपछि गएको महिना कम्पनीले पहिलो पटक छुटमा आइफोन बेचेको थियो ।

    समीक्षा अवधिमा घरेलु बजारमा हुवावेईको बिक्री ६४ प्रतिशतले बढेको छ । यस विषयमा बीबीसीले राखेको जिज्ञासामा एप्पल र हुवावेई दुवैले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । हुवावेईको तीव्र बजार विस्तारबिच ओप्पो, भिभो र साओमीको आक्रामक मूल्य नीतिका कारण पनि एप्पल चपेटामा परेको काउन्टर प्वाइन्टका मेङमङ चाङले एक विज्ञप्तिमा भनेका छन् । चीन एप्पलको सबैभन्दा ठुलो बजारमध्ये एक हो ।

    सोही अवधिमा समग्रमा स्मार्टफोन बिक्री ७ प्रतिशतले घटेको थियो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण हुवावेईले कयौं वर्षसम्म सङ्घर्ष गर्नुपरेको थियो । तर अगस्टमा मेट सिरिजको ५ जी स्मार्टफोन ल्याएपछि कम्पनीको बिक्री बढिरहेको छ । अमेरिकाले ५ जी मोबाइल इन्टरनेटका लागि चाहिने मुख्य चिप र प्रविधिहरूमा पहुँच बन्द गरेको भए पनि हुवावेईको बिक्री बढ्नुलाई धेरैले अचम्म भनेका छन् । समीक्षा अवधिमा भिभो, साओमी र ओप्पोको बिक्री भने घटेको थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.