सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढाकामा रेस्टुराँमा आगलागी हुँदा ४३ को मृत्यु


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार ११:३७ 
  • ढाका, १८ फागुन । ढाकाको एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस यसमा फसेको बताइएको छ ।

    अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको छ । सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।

    सेनाले अरू दर्जनौँ घाइतेलाई उपचारका लागि त्यहाँ पठाएको बताइएको छ । रेष्टुरा रहेको भवन सात तले थियो । यो भवनमा अन्य रेस्टुरेन्टहरू, कपडा पसल, फोन पसल थिए । आगो लागेपछि मानिसहरू आत्तिएर कोही भवनको माथिल्लो तलातिर चढ्दै थिए । कोही पाइपबाट तल ओर्लिएका थिए । आत्तिएर कोहीले भर्याङबाट हामफाले कोही झ्यालबाट । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.