सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७० वर्षसम्म ‘फलामको फोक्सो’ का भरमा बाँचेका पलको मृत्यु


  •    न्युजभित्तो/१ चैत्र २०८०, बिहीबार १२:०७ 
  • काठमाडौँ, १ चैत । ७० वर्षसम्म आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ। ‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

    सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो। त्यसले गर्दा उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्ने भएका थिए।

    त्यो समयमा अमेरिकामा पोलियोको व्यापक महामारी थियो। केटाकेटीहरूलाई फलामको फोक्सो राखेर सास फेर्न सक्ने बनाइन्थ्यो।

    इकोनोमिक टाइम्सका अनुसार अलेक्जेन्डरको प्राण धिपधिप भएपछि उनी ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो राखिएको थियो। फलामको उक्त फोक्सो मेसिनमा भ्यागुतोको श्वासप्रश्वास प्रविधि प्रयोग गरिएको थियो। यसले उनलाई एकपटकमा मुखभरि अक्सिजन लिएर घाँटी हुँदै फोक्सोसम्म धकेल्न मद्दत गर्थ्यो।

    अलेक्जेन्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए। उनले घरबाटै स्कुल पढे र २१ वर्षको उमेरमा ग्र्याजुएट भए। डालास हाइ स्कुलमा भौतिक कक्षामा उपस्थित नभइ, घरबाटै पढेर ग्र्याजुएट हुने उनी पहिलो विद्यार्थी हुन्।

    उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन्। उनलाई धेरैले ‘प्रेरणाका स्रोत’ मान्छन्। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.