सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान


  •    न्युजभित्तो/२० फाल्गुन २०८०, आईतवार १२:०७ 
  • इस्लामवाद, २० फागुन । पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा सो प्रस्ताव पेस गरेका हुन् ।

    रोचक कुरा चाहिँ के छ भने तांगीको कार्यकाल मार्च ११ मा सकिँदै छ । ‘सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ प्रस्तावमा भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख गरिएको छ । यसले गर्दा आम मानिसबिच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको पनि प्रस्तावमा बताइएको छ । सामाजिक सञ्जालको प्रयोग राष्ट्रिय हितमा नभएको दाबी तांगीको छ ।

    सामाजिक सञ्जालमार्फत देशका सुरक्षा निकायविरुद्ध कुप्रचार भइरहेको उनको तर्क छ । सामाजिक सञ्जालमा झुटा समाचारहरू प्रसारित भइरहेको र यसले नक्कली नेतृत्वलाई बढवा दिने भन्दै उनले आफ्ना तर्कहरू अगाडि सारिरहेका छन् । हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालको भूमिका निकै बलियो देखिएको थियो । पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सबै खालको सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा खानको पार्टीले समर्थन गरेका उम्मेदवारहरूले अधिकतम सङ्ख्यामा सिट जितेका थिए । यस्तो बेलामा पाकिस्तानमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने माग उठिरहेको छ ।एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.