राष्ट्रिय

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज ४ बजे बस्दै
-न्युजभित्तो

काठमाण्डौं, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा संसदीय दलले...

नेकपा अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको बैठक
-न्युजभित्तो

काठमाण्डौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा) ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर , १३ दिनभित्र संसदको बैठक बोलाउन आदेश
-न्युजभित्तो

  काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,...

मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको छ:मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

चितवन, ११ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’विषयक अन्तक्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको...

नेकपा चितवनको ५९९ सदस्सीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा
-न्युजभित्तो

चितवन, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो । चितवनको...

पूर्वसांसद एकनाथ रानाभाटको आज निधन
-न्युजभित्तो

चितवन, १० फागुन । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो...

बसले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएपछि ललितपुरको जावलाखेल चोक तनाव ग्रस्त
-न्युजभित्तो

काठमाडौँ, १० फागुन ।  बसले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएपछि ललितपुरको जावलाखेल चोक तनाव ग्रस्त बनेको छ । सोमवार दिउँसो बा २ ख ३५७४ नम्बरको गाडीले प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको...

शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता छ:मन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौ,१० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन्...

सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिको माग
-न्युजभित्तो

सिन्धुपाल्चोक,१० फागुन ।  सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। पक्की पुल निर्माण सुरू भए पनि अलपत्र छ। तीन वर्षअगाडि नै निर्माण सक्नु पर्ने भए पनि निर्माण कम्पनीले उक्त पुल अलपत्र राखेको...

नेकपामा आएको समस्या सो दलमा मात्र सीमित छैन:नेकपा (मसाल)का महामन्त्री सिंह
-न्युजभित्तो

बलेवा, १० फागुन  । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने...