सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्छ:उपप्रधानमन्त्री पोखरेल


  •    न्युजभित्तो/२७ फाल्गुन २०७७, बिहीबार ११:२३ 
  • वीरगञ्ज, २७ फागुन  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् ।                                                                                                                          सर्वाेच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेकोअवस्थामा दलहरुलाई पुर्‍याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए ।

    ०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो ।

    ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ ।

    वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए ।

    नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ ? भन्ने अर्को जिज्ञासामा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिने बताए ।

    ‘संसद पूनस्र्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के हुन्छ ? समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ,’ उनले भने, ‘हैन भने राजीनामा दिनुहुन्छ । राजीनामा दिएपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।’

    सहकार्य र गठनबन्धनको संभावना पनि उत्तिकै रहेको बताउँदै उनले पार्टी फुटाउने काम सहज नभएको तर्क गरे ।

    पूनर्जिवित नेकपा एमालेले सबै कम्युनिस्ट वामपन्थीलाई पार्टीलाई समेटेर अघि बढ्ने उनले बताए ।

    राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानकै लागि प्रधानमन्त्रीले संसद विघटन गरेको भए पनि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि रोकिएको उनको भनाइ छ ।

    एमाले पार्टीमा माधव नेपालको स्थान के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता पोखरेलले भने, ‘माधव नेपाल जीमात्रै हैन, पार्टीमा सम्बद्ध हरेक नेता साथीहरुले विगततिर फर्केर हेर्नुपर्छ, समीक्षा गर्नुपर्छ, कमी कमजोरीलाई सच्याउनुपर्छ। फेरि एकताबद्ध भएर अघि जानुपर्छ । हिजो कै तर तरिका अपनाइँयो भने कसैका लागि हितकर छैन । फेरि एकताबद्ध भएर अगाडि जानुपर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.