सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं २को प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजानिक


  •    न्युजभित्तो/२७ फाल्गुन २०७७, बिहीबार ११:५७ 
  • सर्लाही, २७ फागुन । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।

    प्रदेशमा कालोपत्र सडक ५०।९५ किलोमिटर, पक्की सडक ढलान ७४।९० किलोमिटर र ग्राभेल सडक १७०।१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५।५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९।८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बताउनुभयो ।

    सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन गरिएको र प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको मन्त्री सोनलले बताउनुभयो । सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ । खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत भएको छ भने ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको मन्त्रालयले बताएको छ ।

    मन्त्री सोनलका अनुसार जनता आवासतर्फ करिब चार हजार ६५९ घर निर्माणको सम्झौता भएकामा हालसम्म करिब दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको छ । प्रदेश परिवहन सञ्चालन गरिने प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको मन्त्री सोनलले बताउनुभयो ।

    प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारले रु तीन करोड नौ लाख ८२ हजारमा पाँच वटा बस खरिद गरिसकेको छ । मन्त्री सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडादर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थितरूपमा सञ्चालन गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.