चितवन, २७ फागुन । पृथ्वी राजमार्गको चुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन्।
उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक गएराति २ बजे दुर्घटना भएको हो।