राष्ट्रिय

स्वास्थ्यकर्मीमाथि कुटपीट गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौं,१४ जेठ । बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपीटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटनाबारे आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले...

कोरोनाभाइरस नेपाल : शुक्रबार ६,९५१ संक्रमित थपिए, ९,८४१ जना निको
-न्युजभित्तो

काठमाडौं, १४ जेठ । शुक्रबार नेपालमा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ...

पिपिईभित्र गुम्स्याइभन्दा सङ्क्रमित छटपटाउँदाको पीडा असह्य
-न्युजभित्तो

धनगढी, १४ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण...

दुई सातामा १३८ पिन्ट रगत संकलन
-न्युजभित्तो

कैलाली, १४ जेठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज...

खोपसहित पर्यटन मैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन परिषद्को माग
-न्युजभित्तो

पोखरा, १४ जेठ । पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८-७९ नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ । परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति...

स्वास्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति भण्डारीद्धारा दुःख व्यक्त
-न्युजभित्तो

काठमाडौं,१४ जेठ । बाँकेको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेकी हुन् । उनले लेखेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा...

वृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको सरकारको दावी
-न्युजभित्तो

काठमाडौं,१४ जेठ । सरकारले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको बताए । आर्थिक सर्भेक्षण २०७७-७८ सम्वन्धि प्रतिवेदन...

प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान
-न्युजभित्तो

काठमाडौं,१४ जेठ । कूल राष्ट्रिय उत्पादनका आधारमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ अर्थात ११९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्रालयमा आयोजित भिडियो कन्फरेन्समार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालीको प्रतिव्यक्ति आय ११९६ पुग्ने...

आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित
-न्युजभित्तो

राँझा, १४ जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने...

स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल
-न्युजभित्तो

खलङ्गा, १४ जेठ । कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन...