सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जन्मदिनको अवसरमा फरुवा वितरण


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १४:३५ 
  • माडी, १७ जेठ । गैर आवासीय नेपाली संघ (NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि सोमबार फोरुवा वितरण गरिएको छ ।

    भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेलको जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ७ को देबेन्द्रपुर परुई नदी किनारका सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गरिएको हो ।

    राष्ट्रिय युवा संघ माडीद्वारा सहजीकरण गरिएको कार्यक्रममा सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गदै माडी नगरपालिका वडा नं ७ का वडा सदस्य जगन्नाथ लामिछानेले सुकुम्बासीको स्थायी बसोबासको लागि माडी नगरपालिकाले पहल गरिरहेको जनाउदै विपत्तिको समयमा परिश्रम गर्दै जीविकोपार्जनको लागि अगाडि बढ्न आग्रह गर्नुभयो । फरुवा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता श्रीप्रसाद दवाडी, नेकपा एमाले माडीका युवा ईञ्चार्ज सुर्यकान्त खनाल, राष्ट्रिय युवा संघ माडीका संयोजक मुन्ना मियाले आगामी दिनमा पनि विपन्न सुकुम्बासी परिवारको आय आर्जनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा चेपाङ अगुवा छवि चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई फरुवा दिएर सहयोग गर्ने सहयोगी बाबुराम खरेल र समन्वय गर्दै वितरण गर्ने महानुभावहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो समाजसेवी बाबुराम खरेलको यसअघि पनि सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न, बालबालिकाको लागि स्टेशनरी, विद्यालय पोसाक लगाएका सामग्रहरु वितरण गर्नुभएको थियो । खेती लगाउने समयमा फरुवा पाएपछि चेपाङ परिवारहरु खुशी भएका थिए । फरुवा वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.