सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मागअनुसार अण्डा पु-याउन मुस्किल


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १५:०९ 
  •  चितवन, १७ जेठ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

    आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुयाउन कठिन भएको बताउनुहुन्छ । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उहाँले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पु¥याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

    अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उहाँको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

    वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा ९कम्प्लिट प्याकेज० अण्डामा पाइने बताउनुहुन्छ । एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उहाँले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताउनुभयो । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”

    कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

    सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिनुभयो । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उहाँको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् । उहाँले भन्नुभयो, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउनुहुन्छ । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उहाँको भनाइ छ ।

    माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट ९३० वटा० ठूलो अण्डाको मूल्य रु ३७० पर्दछ । मध्यमको मूल्य रु ३५५ रहेको छ । देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउनुहुन्छ । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिनुभयो ।

    नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.