सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा ३ सय मतदाता मध्ये २ सय ९७ मत खस्यो


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १५:४२ 
  • काठमाडाैं, १७ जेठ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन्। तीन जना मतदानमा अनुपस्थित भएका छन्। अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ।

    उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिएका थिए। खड्कालाई ठाकुर नेतृत्वको जनता समाजवादीले समर्थन गरेको थियो, भने पाण्डेलाई माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो।

    नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बनेका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.