राष्ट्रिय

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु दुई लाख
-न्युजभित्तो

सउल, २९ असार । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।...

एमाले स्थायी कमिटीको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं,२९ असार । नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको छ।आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले...

देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने
-न्युजभित्तो

काठमाडौं,२९ असार । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् । बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘देउवासँग...

हुम्लामा दश घरधुरी पहिराको जोखिममा
-न्युजभित्तो

सिमकोट, २९ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो । मङ्सिरदेखि...

दाङमा एक युवकमाथि खुकुरी प्रहार
-न्युजभित्तो

तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा आज बिहानै एक युवामाथि खुकुरी प्रहार भएको छ । बिहान करिब ६ः०० बजे तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय...

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौं,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा...

‘मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठूलो क्षति’
-न्युजभित्तो

काठमाडौँ, २९ असार । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छन । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार...

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन
-न्युजभित्तो

मनाङ, २९ असार । हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ । बाढीपहिरो आएको लामो समय...

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी
-न्युजभित्तो

मङ्गलबारे, २९ असार । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बुको...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
-न्युजभित्तो

मुग्लिन, २९ असार । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको...