सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालतको परम्परा तोड्दै महान्यायाधिवक्ताले लिए शपथ,


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १६:२४ 
  • देकाठमाडौं, १ साउन । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिएका छन्। महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालतमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सर्वोच्च अदालतमा महान्यायाधिवक्ताले लिएको शपथग्रहण यो पहिलो पटक हो।

    यसअघि राष्ष्ट्रपति कार्यालयमा महान्यायधिवक्ताले प्रधानन्यायाधीसबाट शपथ लिने परम्परा थियो। महान्यायधिवक्ताले कानुनी रुपमा प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट शपथ लिनेलाई मात्रै शपथ खुवाइने बताइएको छ।

    महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले राष्ष्ट्रपतिको कार्यालयले शपथग्रहण गराउन चासो नदेखाएकाले सर्वोच्च अदालतमै शपथग्रहणको कार्यक्रम राखिएको जानकारी दिए।

    यद्यपि यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका दुवै जना महान्यायाधिवक्ता अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए। राष्ट्रपति कार्यालयले उक्त परम्परा तोड्दै सर्वोच्चमै महान्यायाधिवक्ताको शपथ कार्यक्रमको व्यवस्था गर्न भनेको हो।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खातीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।

    महान्यायाधिवक्ता खातीले आजै महान्यायाधिवक्ताको कार्यालयमा पगेर पदभार ग्रहणसमेत गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.