सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने चीन सरकारको निर्णय


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १६:३३ 
  • काठमाडौँ, १ साउन । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्। उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

    यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

    केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा नेपाललाई थप खोप सहयोग गर्ने बताएकी थिइन्।

    प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्।

    प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

    यसअघि मित्र राष्ट्र अमेरिका र भारतका राजदूत प्रधानमन्त्री देउवालाई बधाई दिन उनकै निवास बुढानिलकण्ठ पुगेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भिरबाट लडेर दुई जनाको मृत्यु
    काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
    • विद्यार्थी न्यून भएका विद्यालय समायोजन
    • वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
    • मांसिमा खानेपानी आयोजना पुनर्निर्माण
    • कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.