सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवाधिकार उल्लङ्घनका घटना वृद्धि


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १५:३२ 
  • सोलुखुम्बु, १ साउन । यहाँ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् ।

    सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ ।

    बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्वअर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताउनुभयो ।

    यस्तै इन्सेकको तथ्याङ्कअनुसार गत एक वर्षमा पाँच घरेलु हिंसाका घटना घटेको थियो भने चालू वर्षको छ महिनामा छ घटना घटेका छन् । यस्तै कुटपिट तथा धम्कीका घटनासमेत बढेका छन् । गत वर्ष पाँच घटना अभिलेखीकरण गरेको इन्सेकले यस वर्षका छ महिना अवधिमा छ घटना अभिलेखीकरण गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तक्र्रिया कार्यक्रममा बाल यौन दुव्र्यवहारका तीन, आत्महत्या दुरुत्साहनका एक, हत्या एक र भौतिक संरचनामा क्षति एक भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

    छ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ । यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कवित कटवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.