राष्ट्रिय

३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ३० असार । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो । यस दिन तेजाबी सुन समेत गत मंगलबारको...

देशभरका पेट्रोल पम्प बन्द, कारण यस्तो
-न्युजभित्तो

चितवन, ३० असार  ।पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए। सोहीअनुसार उनीहरूले बुधबार बिहानैदेखि पेट्रोल पम्प बन्द...

बालकोटस्थित आफ्नै निवास फकर्नुभयो निवर्तमान प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ । सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो । नवनियुक्त...

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान
-न्युजभित्तो

काठमाडौँ, ३० असार । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय...

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे
-न्युजभित्तो

काठमाडौँ, ३० असार । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी...

भेरी अस्पतालमा बर्दियाका दुई सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

नेपालगञ्ज, ३० असार । गत केही दिनबाट मुत्युको सङ्ख्या शून्य रहँदै आएको भेरी अस्पतालमा गए राती बर्दियाका २ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोभिड १९ व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना सङ्क्रमितको मङ्गलवार...

पाटेबाघको छालासहित दुई पक्राउ
-न्युजभित्तो

गोदावरी, ३० असार । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय...

गिटी–बालुवा निकासीको विकल्प खोज्न सुझाव
-न्युजभित्तो

काठमाडौँ, ३० असार । व्यापार घाटा कम गर्ने नाममा देशलाई मरुभूमि बनाएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सोचबाट बाहिर निस्कन विज्ञले सरकार र सरोकार निकायलाई सुझाव दिएका छन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास...

अझै भेटिनुभएन पहिरामा बेपत्ता युवक
-न्युजभित्तो

बागलुङ, ३० असार । एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता हुनुभएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता हुनुभएको हो । खोजीकार्य...

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालन
-न्युजभित्तो

चौतारा, ३० असार । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले...