सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले स्थायी कमिटीको बैठक ११ वजे वस्दै


  •    न्युजभित्तो/३ श्रावण २०७८, आईतवार ०८:२६ 
  • काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।

    दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो ।

    यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । स्थायी कमिटी र दलको दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।

    एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ । बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि थप छलफल हुने नेताहरुले बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.