राष्ट्रिय

दाइसँग झगडा गरिरहेका युवकबाट पेस्तोल बरामद
-न्युजभित्तो

जनकपुरधाम,५ भदौ । सर्लाहीमा आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन्। । सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । समसुद्दिन र उनका ४५...

साताको शेयर बजार : ९५ अर्बको कारोबार
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका...

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र
-न्युजभित्तो

काठमाडौं, ५ भदौं । कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो । जनक...

स्वास्थ्य मापदण्ड अपनाएर रिखार क्षेत्रमा जनैपूर्णिमा मेला
-न्युजभित्तो

गलेश्वर, ५ भदौ । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाइ विशेष पूजाआजा हुने भएको छ । गत वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणका कारण पूजा...

नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ
-न्युजभित्तो

मनाङ, ५ भदौ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो...

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव शनिवार काठमाडौँ ल्याइयो,
-न्युजभित्तो

  काठमाडौँ, ५ भदौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मृतकहरू रोजगारीको क्रममा...

करिडोरको विकल्प नहुँदा यात्रीलाई सधैँ सास्ती
-न्युजभित्तो

बलेवा, ५ भदौ । शुक्रबार बिहान बिरामी आमालाई उपचार गराउन कुश्मीशेराबाट धौलागिरि अस्पतालतर्फ लाग्नुभएका उमाकान्त चापागाईं झण्डै पाँच घण्टा फुर्से खोलामा रोकिनुभयो । निरन्तर झरिरहेको पहिराका कारण सडक बन्द थियो । उहाँजस्तै जिल्लाको दक्षिणबाट बिरामी बोकेर आएका सवारी साधनको...

अध्ययनको निष्कर्ष: साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा
-न्युजभित्तो

काठमाडौं,५ भदौं । साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त...

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन
-न्युजभित्तो

सिन्धुपाल्चोक, ५ भदौ । गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका...

राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईनेः राज्यमन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको छ । वी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्ने उहाँले बताउनुभयो । अस्पतालको आज...