राष्ट्रिय

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ भदौ । कोरोना (कोभिड-१९) संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय...

कलुवापुर– बेलौरी सडक निर्माणकार्यको प्रगति ८० प्रतिशत
-न्युजभित्तो

कञ्चनपुर, ६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ । सडकको बेलौरीस्थित नेपाल–भारत...

भिडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले...

छोरी शिक्षा कार्यक्रमः सुरक्षित भविष्यका लागि कोशेढुङ्गा साबित हुने
-न्युजभित्तो

पाल्पा, ६ भदौ । छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले...

शिवानीको दुखेसोः ‘देशका लागि खेले, तर नागरिक बन्न सकिन’
-न्युजभित्तो

महेन्द्रनगर, ६ भदौ । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो...

बारा, सिरहा र उदयपुरमा भएका दुर्घटनामा ५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ भदौ । बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाले तथा सिरहा र उदयपुरमा एक–एक जनाले ज्यान गुमाएका हुन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२...

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत
-न्युजभित्तो

दमक, ६ भदौ । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ९एमाले० गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । राप्रपा...

घट्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ,६ भदौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
-न्युजभित्तो

काठमाडौँ,६ भदौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने तय भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको...

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
-न्युजभित्तो

सिन्धुपाल्चोक, ६ भदौ । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ...