राष्ट्रिय

कांग्रेसको चुनावी चहलपहल तीव्र
-न्युजभित्तो

डोटी, १६ भदौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ । लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो...

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु
-न्युजभित्तो

सप्तरी, १६ भदौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै...

तनहुँको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बल्यो बत्ती
-न्युजभित्तो

तनहुँ, १६ भदौ । जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मङ्गलबारदेखि बत्ती बलेको छ गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी...

पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते
-न्युजभित्तो

अर्घाखाँची, १६ भदौ । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक...

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो । सो क्षेत्रमा...

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी
-न्युजभित्तो

चितवन, १६ भदौ ।  पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा
-न्युजभित्तो

बागमती, १६ भदौ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य...

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
-न्युजभित्तो

हेटौडा,१५ भदौ । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २...

कालिज फार्ममा चितुवा पसेपछि…
-न्युजभित्तो

डोटी, १५ भदौ ।  जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको थियो । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह...

शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
-न्युजभित्तो

काठमाडौँ, १५ भदौ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल(जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा...