सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एकीकृत समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १३:२२ 
  • काठमाडौँ,२० भदौ । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो।

    एकीकृत समाजवादीले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको छ ।

    त्यस्तै, सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिइएको छ भने उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको छ । साथै मोर्चा इन्चार्जमा डा। विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकिएको छ ।

    एकीकृत समाजवादीले डा। बेदुराम भुसालको संयोजकत्वमा ६ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा भुसालसहित प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् । त्यस्तै, पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.