सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १३:०५ 
  • काठमाडौं,२० भदौ । मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ ।

    सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ।

    प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति र स्वरुपमा पनि परिवर्तन आएको छ । पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबिखन हुने गरेको पाइएको छ ।

    प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको सिमा क्षेत्रमा कडाइ गर्न थाले पछि बेचबिखनको नयाँ शैली प्रयोग गर्न थालिएको छ । अहिले भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, इण्डोनेसियालगायतका मार्गबाट मानव बेचबिखन हुने गरेको पाइएको छ । यस्तै, मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको प्रहरीले जनाएको छ।

    वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाको आवरणमा नेपालबाट मानव बेचबिखन हुने गरेको छ । अहिले कोरोना महामारीका कारण रोजगारी गुम्दा धेरैजसो बेचबिखनको जोखिममा परेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा मात्रै विभिन्न सङ्घ संस्थाको सहयोगमा १३ सय ३१ जनाको उद्धार गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.