सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरमा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदै


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १२:५९ 
  • काठमाडौं,२० भदौ । मकवानपुर जिल्लामा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज अधिवेशन गर्न लागेको हो ।

    बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पुर्व अध्यक्षको बैठकले आज वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

    कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । वडा अधिवेशनबाट गाउँपालिकामा पदाधिकारीसहित १५ जनाको र नगरपालिकामा २५ जनाको वडा समिति चयन गरिनेछ ।

    समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरू जातजाति, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्लिम लगायतको प्रतिनिधित्वसमेत हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.