राष्ट्रिय

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
-न्युजभित्तो

विराटनगर,७ कात्तिक । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको...

सीमित जनशक्तिमा चलेको पशुपति होमियोप्याथिकमा बिरामीको आकर्षण
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपालकै एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालयमा दैनिक ३०० सम्म बिरामी आउने गरे पनि जनशक्ति अभावमा उपचार गर्न धौधौ हुने गरेको छ । एक स्थायी र दुई करारका चिकित्सकबाट चिकित्सालय सञ्चालन भइरहेको छ । मागअनुसारको सेवा दिन कम्तीमा...

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री
-न्युजभित्तो

इनरुवा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा...

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?
-न्युजभित्तो

टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका...

सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

सुरुङ्गा (झापा), ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा...

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते
-न्युजभित्तो

सल्यान,७ कात्तिक । सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट-३...

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै
-न्युजभित्तो

झापा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुहुने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज...

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम
-न्युजभित्तो

गोदावरी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । धनगढीबाट डोटी रु दुई...

सुदूरपश्चिम : बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता
-न्युजभित्तो

बैतडी, ७ कात्तिक । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा...