सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार ११:४२ 
  • जनकपुरधाम,१६ कात्तिक । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

    धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए ।

    जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका विरुद्ध वादी नेपाल सरकारले पुनरावेदन र कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए ।

    उच्च अदालतले यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरेपनि सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष निर्धारण गरेको थियो ।

    कर्तव्य ज्यान मुद्दामा संजय टकलाको कारणले ५ जनाको हत्या नभएको, अरु व्यक्तिको कारणबाट भएको देखिएको र त्यही प्रसंगमा जीवनाथ चौधरीको हत्या गर्न षडयन्त्र गरेको तर हत्या नभएको ठहर गर्दै उच्च अदालतले सोमबार ११ वर्ष कैदको फैसला गरेको उच्च सरकारी कार्यालय, जनकपुरका प्रमुख खडानन्द गौतमले बताए ।

    यो मुद्दामा २० वर्ष कैद सजायको अभियोग दावी रहे पनि त्यो दावी नपुगेपछि षडयन्त्र कसुर कायम गरेर ११ वर्षको कैद सजाय तोकिएको उनले बताए ।

    उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।

    २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

    सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।

    धनुषा जिल्ला अदालतले साहलाई जन्मकैद सजाय सुनाएपछि उनी अहिले काठमाडौंको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

    जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि साहलाई धनुषा अदालतले जन्मकैदको फैसला तोकिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.