सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १२:३८ 
  • बनेपा, १६ कात्तिक । तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला शाखाको अधिवेशन हुने क्रम तीव्रगतिमा भइरहेको छ । सङ्घको गतभदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले यही कात्तिक १५ गतेभित्रमा सबै जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णयानुसार अधिकांश जिल्ला शाखाले अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

    सङ्घका अनुसार अहिलेसम्ममा सात जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न रामेछाप जिल्ला अधिवेशनले सचेत घिसिङको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको छ । उपाध्यक्षमा दीपक लामा, सचिवमा रजिना घिसिङ, कोषाध्यक्षमा निशा मोक्तान र सदस्यमा क्रमशः एलिना घिसिङ, विनुमाया तामाङ र उोमन मोक्तान छन् । चितवन शाखाको तेस्रो जिल्ला अधिवेशनले बविलाल तामाङको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ भने ललितपुर शाखा अध्यक्षमा प्रकाश थिङको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै धादिङ, उदयपुर, मकवानपुरलगायतसात जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको सङ्घका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले जानकारी दिनुभयो ।

    गत सोमबार मात्रै सिन्धुपाल्चोक शाखा गठन गरिएको छ ।सङ्घका महासचिव र केन्द्रीय सदस्य नेत्र तामाङका उपस्थितिमा भएको भेलाले प्रितम गोले तामाङका अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । शाखाका उपाध्यक्षमा अश्म तामाङ, सचिवमा रर्साङ तामाङ र कोषाध्यक्षमा सञ्जय तामाङ पाख्रिन रहनुभएको छ । त्यस्तै सदस्यमा आस्मान लोप्चन, विपना तामाङ, फूलमान तामाङ, प्रकृति थिङ, निमा पाख्रिन र सीमा तामाङ छन् । भेलाले बागमती प्रदेश प्रतिनिधिमा शान्ति तामाङ र प्रकृति थिङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिका लागि लालकाजी तामाङ र कमला पाख्रिनलाई चयन गरेको छ । अन्य जिल्लामा अधिवेशन हुने क्रम जारी छ । सङ्घले कात्तिक ३० गतेभित्रका सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र छैटौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ गते काठमाडौँ सम्पन्न गर्ने भएको छ । सङ्घको देशभरि १९ वटा शाखा र प्रवासमा दक्षिण कोरिया शाखा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.