सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १२:३२ 
  • चितवन, १६ कात्तिक । सरकारी र निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको यहाँको चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा पुगेको छ । भरतपुर महानगरपालिका–१८ शीतभण्डार निर्माण गरिएको हो । संस्थाले ७ कठ्ठा जमिन खरिद गरेर विसं २०७० वैशाख २७ गते बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । संस्थाका अध्यक्ष सूर्यमणि पौडेलका अनुसार सुरुमा भवन रु आठ करोड ७७ लाखमा निर्माण सम्झौता गरिएकोमा नक्साङ्कन परिवर्तनसँगै रु दुई करोड रकम थप भएको थियो ।

    भवनमा रु दुई करोड ४२ लाखको उपकरण जडान गरी परीक्षण सम्पन्न गरिएको छ । उहाँका अनुसार ट्रान्सफरमर र लिफ्टबाहेक अन्य काम सम्पन्न भएको छ । दुई हजार ५०० मेट्रिकटन क्षमताको यस शीतभण्डार आउँदो पुसबाट व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डारको क्षमताको आधा भागलाई व्यावसायिक रुपमा प्रयोगमा ल्याइँदै छ भने बाँकीलाई शेयर सदस्य र किसानलाई सर्वसुलभ रुपमा दिइने छ ।

    संस्थामा ८७९ जना शेयरधनी रहेका छन् । शेयर पूँजी रु ६ करोड ७५ लाख र सरकारी अनुदान रु ६ करोड १४ लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सहकारी विभागले रु ५ करोड ४८ लाख, बागमती प्रदेशले रु ५८ लाख ५९ हजार र भरतपुर महानगरपालिकाले रु ४ लाख ८३ हजार सहयोग गरेको छ । सहकारी विभागबाट सम्झौता भए अनुरुपको थप रकम आउन बाँकी रहेको पौडेलको भनाई छ । संस्थाले शेयर पुँजी रु १० करोड पुयाउने लक्ष्य लिएको छ । केही साना शेयरधनीलाई रकम थप गर्न लगाएर रु एक लाख देखि सात लाखसम्मको शेयर बनाउने योजना बनाइएको छ ।

    उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले यो शीतभण्डार सञ्चालनमा आएसँगै चितवन र छिमेकी जिल्लाका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । किसानले मूल्य नपाएर आफ्नो उत्पादन सस्तोमा बिक्री गर्नुपरेको र कतिपय समयमा फाल्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले यसले ती किसानलाई लाभ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आवश्यक सहयोग गरेर न्यून शुल्कमा भण्डार गर्ने व्यवस्था मिलाउनु पर्छ ।”

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे देशको सम्वृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै यस्ता शीतभण्डारले किसानको उत्पादनले बजार र उपयुक्त मूल्य पाउने बताउनु हुन्छ । कृषकले लागत मूल्य समेत नपाउँदा विदेशीनु परेको भन्दै उहाँले सरकारले शीतभण्डार सञ्चालनमा सहयोग गरेर सर्वसुलभ रुपमा भण्डारणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । प्रविधिको विकास गरी कम लागतमा धेरै उत्पादन गरेर बजारको अवस्था हेरी भण्डारण र बिक्री गर्न उहाँले सुझाव दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.