सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई राहत दिने पहिलो नगर बन्यो रत्ननगर, २ हजार किसानलाई ९० लाख वितरण गरिदै


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १०:२४ 
  • चितवन, १६ कात्तिक  । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ ।

    गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ । नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको छ । उहाँका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ ।

    रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ । वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ । प्रतिबिघा रु १० हजारका दरले रु ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिनुभयो । धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उहाँले बताउनुभयो । सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ । उहाँले वडा कार्यालयबाट रु ५५ हजार राहत रकम प्राप्त गर्नुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.