राष्ट्रिय
काठमाडौं,१२ कात्तिक। सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ...
बागलुङ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी...
काठमाडौँ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन...
मोरङ, १२ कात्तिक । विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा...
चितवन, ११ कात्तिक । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।”...
काठमाडौं,११ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य...
काठमाडौँ, ११ कात्तिक । एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित...
हेटौंडा,११ कात्तिक। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी...
काठमाडौँ, ११ कात्तिक । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८÷७९ भित्र सडक पुयाउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ...
काठमाडौँ, ११ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको बताउनुभएको छ । आबुधावी डाइलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स ९युएई०...













