सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १०:३४ 
  • काठमाडौं,१६ कात्तिक । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ। आज नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ।

    धन्वन्तरि जयन्तीको अवसरमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले गरेको पत्रकार सम्मेलन गर्दै यस दिवसका बारेमा जानकारी गराएका थिए।

    धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन्। आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । चिकित्सा विभागका प्रमुख बासुदेव उपाध्यायका अनुसार धन्वन्तरी जयन्तीकै दिनलाई ०५६ सालदेखि आयुर्वेदकर्मी तथा अनुसरणकर्ताले राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउँदै आएका छन्।

    पछिल्लो समय नसर्ने रोग चिकित्साविज्ञानका लागि प्रमुख चुनौती बनेसँगै नेपाल र भारतमा मात्र नभएर समग्र विश्वमै योग तथा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए।
    नेपाल सरकार र सरोकारवाला पक्षहरूले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धितलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएको उनले बताएका छन्।

    उपाध्यायका अनुसार नागरिक आरोग्य कार्यक्रम २१८ स्थानमा सुरु भइसकेको र थप ८१ ठाउँमा लागू हुन लागेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.