राष्ट्रिय
नारायण अधिकारी चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ । यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको...
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ । शनिबार निधन हुनेमा ४०...
काठमाडौँ । कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको...
काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...
शरद शर्मा काठमाडौँ । नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड– १९) समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) यसको रोकथाम र नियन्त्रणमा यो साता चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा...
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । आज एकैदिन तीन जनामा कोरोना भाइरस सङ्क्रणको पुष्टि भएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले केहीबेर अघिमात्रै आफ्नो आधिकारिक फेसबुक...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्नुभएको छ । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी...
काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ जम्मा भएको र प्रतिबद्धता आउने क्रम पनि बढ्दै...
नारायण ढुङ्गाना काठमाडौँ । सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा...
काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या छ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी...














