सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज आद्य शङ्कराचार्य जयन्ती


  •    न्युजभित्तो/१६ बैशाख २०७७, मंगलवार ०९:०७ 
  • काठमाडौँ । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

    कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिन्छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

    बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिनुभएको भन्ने विश्वास छ ।

    वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्ट वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । १६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीता लगायत ग्रन्थको व्यापक विवेचन भाष्य गर्नुभएको थियो ।

    भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि घिमिरेले बताउनुभयो । यसै क्रममा उहाँले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा चारवटा मठ स्थापना गर्नुभयो ।

    उहाँले स्थापना गर्नुभएका चारमठमा श्रृङ्गेरी, गोवद्र्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो । आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरुपमा आइपुगेकाले उहाँको योगदानको चर्चा गरी जन्मजयन्ती मनाइन्छ ।

    यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा गर्ने गरिएको कार्यक्रम यस वर्ष बन्दाबन्दीका कारण गर्न नसकिए पनि सम्झना भने गरिने जनाइएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरुकुलमा पनि उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.