सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्तारुढ नेकपाको सचिवालय बैठक मङ्गलबार बस्दै


  •    न्युजभित्तो/१५ बैशाख २०७७, सोमबार २२:३१ 
  • काठमाडौँ । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ ।

    पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका लागि शीर्ष नेताका साथै मध्यमार्गी अन्य नेताहरुको पनि सक्रियता देखिएको हो । नेताहरुको अनौपचारिक छलफल चलिरहेका बेला मङ्गलबारका लागि पार्टीको स्थायी कमिटी बैठक आव्हान गरिएको छ । सचिवालय बैठकमा सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिनेछ ।

    समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच एक्लाएक्लै र समूहगतरुपमा अनौपचारिक छलफल चलिरहेको छ । उहाँहरु निकट पूर्व समूहका दोस्रो तहका नेताहरु पनि समाधानका लागि सक्रिय हुनुभएको छ ।

    सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो । असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन् । आजै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ ।

    समस्या समाधानका लागि आज वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरुबीच काठमाडौँमा अनौचारिक छलफल भएको छ । छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिनुका साथै स्थायी कमिटीको बैठक चाँडो राख्न जोड दिएको बताउनुभयो ।

    समाधानका लागि शीर्ष नेताहरुबीच शक्ति बाँडफाँटको तयारी हो भन्ने सञ्चारकर्मीको जिज्ञाशामा नेता पन्तले भन्नुभयो, “निकासका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै पहल गर्नुपर्छ । गतिरोध चाँडो अन्त्य हुनुपर्छ ।” कतिपय नेताले पार्टी र सरकारका एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव पनि राखेका छन् भने निर्वाचनबाट स्थिरता र विकासका लागि नेकपाले जनादेश लिएकाले एकताबद्ध भई काम गर्नुको विकल्प नभएको जनाएका छन् ।

    सो छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पन्त सहभागी हुनुहुन्थ्यो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.