रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो
न्युजभित्तो/१६ बैशाख २०७७, मंगलवार १५:२०
काठमाडौँ । रौतहटमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ।
संक्रमित हुनेमा वृन्दावन नगरपालिका–९ र देवाही गोनाही नगरपालिका–१ का पुरुष छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटिभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
त्यस्तै, देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् । काठमाडौँबाट गत वैशाख १२ गते गएको टोलीले रौतहटका ८ क्वारेन्टाइनबाट ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा लगेर थप उपचार प्रक्रिया शुरु गरिएको छ । अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा उदयनारायण सिंहले ती दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम पनि शुरु गरिएको बताउनुभएको छ ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित निको भएर वीरगञ्जबाट घर फर्किसकेका छन् । दुईजना संक्रमित थपिएसँगै नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि नारायणी अस्पतालबाट चार जना निको भएर डिस्चार्ज भइसकेका छन् ।