काठमाडौँ । सरकारले जारी लकडाउन (बन्दाबन्दी) वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
सरकारले यसअघि थप गरेको लकडाउनको समयावधि भोलि सकिँदै थियो । सङ्क्रमितको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न लकडाउनको समयावधि १० दिन थप्ने निष्कर्ष निकालिएको जनाइएको छ ।
उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । शुरुमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम गरेको थियो ।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको सरकारको निष्कर्ष छ ।